• आइतवार, आश्विन ४ गते २०८३

गोर्खा हाल काठ्माण्डौकी मुक्तक सर्जक संगीता सिर्मलको 5 दम्दार मुक्तक

गोर्खा हाल काठ्माण्डौकी मुक्तक सर्जक संगीता सिर्मलको 5 दम्दार मुक्तक

गोर्खा हाल काठ्माण्डौकी मुक्तक सर्जक संगीता सिर्मलको 5 दम्दार मुक्तक

  • 9.9K
    SHARES

  • गोर्खा हाल काठ्माण्डौकी मुक्तक सर्जक संगीता सिर्मलको 5 दम्दार मुक्तक
     
    दुखमा हात बढाई साथ हुने को देखिन्छ
    साँच्चै चिस्सिएको नयन छुने को देखिन्छ
    बस् आज मरेको जस्तो नाटक गरि हेरौं
    लासको अगाडी आइ रुने को देखिन्छ ।
     
    हात समाई सङ्गै खोली तरिदिए पुग्छ
    मलाई हुँदा पिडा छेउ सरिदिए पुग्छ
    गरौंला नि दुखसुख बरु सङ्गसङ्गै हामी
    जिवनभर एकनास माया गरिदिए पुग्छ
     
    सधैभरी एकनास माया गरिदिए पो मज्जा
    हरेक पल अथाह प्रेम छरिदिए पो मज्जा
    सुखमा साथी बन्ने त कयौं भेटिन्छन् नि यहाँ
    दुखमा हात बढाई नजिक सरिदिए पो मज्जा
     
    चिन्तादेखि चितासम्म एकदिन सरेरै जाने हो
    ओइलिएको फुलजस्तै एकदिन झरेरै जाने हो
    किन पो गर्नु छ र तँछाडमँछाड यो दुनियाँमा
    रित्तै परि यो देह पनि त एकदिन मरेरै जाने हो
     
    पछुताउँछौ एकदिन आफ्नै आदत घिन आउने छ
    र एकछिन होइन जरुर नै त्यो रात दिन आउने छ
    पक्कै पनि ज्यादा टिक्दैन तिम्रा घमण्ड र चुरिफुरी
    त्यो पल तिमिलाई म र मेरो याद छिनछिन आउने छ

    सामाजिकपत्र

    • सोमवार, पौष १३ २०७७१२:१४:५१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology