रियाद साउदी - नेकपा माओवादी निकट प्रवास संगठन जनप्रगतिशिल मंच र नेकपा एमाले निकट (माधब पक्ष ) प्रवासी नेपाली मंच साउदी द्वारा दुबै संगठनका प्रतिनिधिले साउदीका लागि नेपाली राजदुत महामहिम प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुत लाई जुन ८ तारीख मंगलबारका दिन उहाकै निवासमा पुगि एक समारोह बिच संयुक्त बिदाई गरेका छन ।
४ बर्ष अगाडी नेपाली जनप्रगतिशिल मंच साउदीले नेकपा माओवादी अन्तर्राष्ट्रिय समन्वय कमिटी मार्फत नेकपा माओवादीको सिफारिसमा नेपाल सरकारबाट नियुक्ति भएर जुन ८ तारीख २०१७ मा साउदी आएका थिए । जुन ८ तारीख २०२१ मा ४ बर्षे कार्यकाल सकिएपछि राजदुत महेन्द्र प्रसाद सिंह नेपाल फर्किन लागेका हुन् ।
साउदी स्वास्थ मन्त्रालयले जारी गरेको कोरोना स्वास्थ मापदण्ड पूरा गर्दै प्रबासका दुई संगठनका प्रतिनिधि महामहिम राजदुत निबासमा गएर दोसल्ला ओढाएर सम्मान पत्र सहित मायाको चिनोले बिदाइ गरेको हुन् ।
कार्यक्रममा महामहिम राजदुतले ४ बर्षे अबधिमा गरेका महत्त्वपूर्ण कार्यसफलता र आगामी दिनको शुभकामना मन्तव्य बारे नेपाली जनप्रगतिशिल मंचबाट मध्य पुर्ब सदस्य कमल शाही निर्मल, साउदीबाट बाबुलाल बुढा र राजन खड्काले दिएका थिए भने प्रबासी नेपाली मंचको तर्फबाट अध्यक्ष राजु खनाल र बिमल गौतमले मायाको चिनो प्रदान गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
बिदाइ कार्यक्रम मा भाबुक हुँदै महामहिम राजदुतले आफ्नो कार्यकालमा गरिएका बाचाहरु कोभिड १९ ले गर्दा पुर्ण रुपमा पूरा हुन नसके पनि एउटा परिणाम आउने गरेर काम गरेको भन्दै यहाका हरेक नेपाली संघ संस्थाहरुको साथ सहयोगले नै यी सबै उपलब्धि हरु भएको बताएका थिए ।
महामहिम राजदुतले आफुलाई नेकपा माओवादी अध्यक्ष प्रचण्डले पार्टी गत होइन नेपाली झन्डा बोकेर मरुभूमिका नेपाली हरुको समस्या बुझ्न पठाएको र आफुबाट कुनै पनि बदनाम हुने काम नभएको बताएका थिए । सुरुका दिनमा केही असहज भए पनि नेपाली जन प्रगतिशील मंचको पुर्ण सल्लाह सुझाब र सहयोग साथै यहाका विभिन्न संघ संस्था सामाजिक अभियानन्ताहरुको साथले गर्दा काम गर्न अझ सहजीकरण भएको बताए ।
महामहिम राजदुत साउदी अरबमा रहेका सम्पुर्ण संघसंगठनका बिच प्रिय छन्। हरेक मजदुरहरुको समस्या नजिक बाट बुझ्ने र समाधान गर्ने उनकोकार्य तारिफ योग्य छ। कुटनैतिक सम्बन्ध बिस्तार तथा सिमित श्रोत र साधन को अधिक्तम उपयोग गरि विभिन्न क्षेत्रहरुमा सेवा सुबिधा वृद्धि गर्न समेत उनि सफल मानिन्छन।
'दुई देश कुटनैतिक सम्बन्ध सुदृढ र सुधार गर्दै साउदी नागरिक सम्म नेपाल चिनाउन सफल उहाको कार्य तारिफ योग्य रहेको नेपाली जन प्रगतिशील मंचले तारिफ गरि रहन पर्दैन यहाको सिंगो नेपाली समुदायले गरिरहेको छ ' मंचका सचीव रामचन्द्र वाग्ले ले बताए।
प्रवासी नेपाली मन्चका महासचिव तथा साउदी बिमल गौतमले आफ्नो मन्तव्यमा दुख पिडामा परेका नेपाली मजदुर विभिन्न मुद्दाहरुमा जेल जीवन बिताइरहेका साथै मृत्युदणड सुनाइएका नेपालीहरु लाइ कुटनैतिक पहल गरि आम माफी दिलाउन सफल र विभिन्न दुर्घटनामा परि मृत्यु भएका मृतकका ब्लड मनि नेपालमा रहेका परिवालाइ पुर्याउनुको साथै पिडित श्रमिक लाई ठगी गर्ने दूतावास कर्मचारीलाई कारबाही तथा नेपाली श्रमिकको न्युनतम तलब १०००+३०० निर्धारण तारिफ योग्य छन ।