काठमाडौं । विदेशमा रहेका नेपालीहरूको संस्था एनआरएनएको निर्वाचन आगामी जुलाई ३१ मा अष्ट्रेलियमा पनि सम्पन्न हुँदैछ । निर्वाचन नजिकिंदै गर्दा प्रवासका रहेका नेपालीहरुकाबीच नेतृत्वको लागि चुनावको सरगर्मी समेत बढ्दै गइरहेको छ । यसअघिका निर्वाचनहरुमा विभिन्न प्यानल बनाएर निर्वाचित भएका नेतृत्वपंतिले आम प्रवासीको चाहना, माग र आवश्यकताहरुलाई वेवास्ता गरेको भन्दै यसपटक स्वतन्त्र युवाहरुको टिम चुनावी मैदानमा उत्रिने भएको छ । यसरी स्वतन्त्र रुपले संगठित भएर निर्वाचनमा होमिने भएपछि निर्वाचनप्रतिको चासो बढेको देखिएको छ ।
स्वतन्त्र उम्मेदवारहरले नेतृत्वले एनआरएनए जस्तो गौरवशाली संस्थालाई नामभन्दा बढी बदनाम बनाएको भन्दै यूवाहरुले यसपटक नयाँ नेतृत्वलाई विश्वास गर्न आग्रह गरेका छन् । हालसम्मको नेतृतवप्रति अस्ष्ट्रलियामा रहेका नेपालीहरुमा ब्यापक असन्तुष्ट रहेकोले असक्षम नेतृत्वलाई पराजित गरि स्वतन्त्र समूहका पदाधिकारीहरु चुनावी मैदानमा उत्रिनु परेको स्वतन्त्र युवाहरूको टिम संयोजक अभिषेक उप्रेतीको जानकारी दिए । ‘प्रवासमा रहेका नेपाली र विशेष गरि यूवा विद्यार्थीहरुका विभिन्न साझा समस्याहरु छन्, हालका नेतृत्वहरुले विभिन्न दलनिकट रहेर काम गर्ने परिपाटी बनेका कारण यूवाहरुले नयाँ कोर्सको लागि तयारी गर्नुपरेको हो’, एनआरएनए अष्ट्रेलियका यूथ संयोजकका उम्मेदवार रबिन मैनालीले बताए ।
एनआरएनएको विश्वमा देखिएको तदारुकता र जुन किसिको गरिमा छ, त्यो गरिमालाई बढाउनका लागि आफ्नो टीम अगाडि आउनुपरेको यूवाहरुको ठहर छ । अभिषेक उप्रेतीको संयोजकत्वमा सचिव, सह सचिव,कोषाध्यक्ष र यूथ संयोजक क्रमशः बासु चापागाईँ, समीर आचार्य, रौनक कोइराला र रबिन मैनाली सहितको टिम निर्वाचनमा होमिएको छ । पार्टीगत स्वार्थभन्दा माथी उठेर नेपाल र नेपालीको हीत र विकासमा लाग्ने प्रण गरेका कारण स्वतन्त्ररुपले अगाडि बढेको हुँदा आफुहरुलाई यूवाहरुको साथ रहेको यूथ संयोजकका उम्मेदवार मैनालीले जानकारी दिए ।