• सोमवार, श्रावण ११ गते २०८३

हिमालमा मायाको सागर सार्वजनिक

हिमालमा मायाको सागर सार्वजनिक

हिमालमा मायाको सागर सार्वजनिक

  • 8.6K
    SHARES

  • हिमालमा मायाको सागर सार्वजनिक

    साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा रहेको ''मायाको सागर" एल्बम विमोचनको क्रममा हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन भएको छ । चर्चित भारतीय गायक कुमार साहनु र देविका वन्दनाको सुमधुर आवाजमा ''तिम्रो मायाको सागरमा'' रहेको गीत,चर्चित संगीतकार सन्तोष श्रेष्ठको रहेको छ एरेन्जर राजु कार्कीको रहेको छ ।

    दोश्रो नम्बरको गीत ''आँखामा गाजल लाएर'' सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत एरेन्जर शुलभ घिमिरेको रहेको छ ।

    तेस्रो गीत ''सोचें बाँच्ने आधार'' गायक प्रविन भेटवालको स्वरमा रहेको छ भने संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ ।

    एल्बमको अन्तिम गीत भने ''जब आफनाले तुच्छ वचन बोलेपछि" चिरञ्जीवी भण्डारीको स्वर र संगीत, एरेन्जरमा आशिष लामाको रहेको छ । ओएस नेपालको प्रस्तुतिमा रहेको मायाको सागर एल्बमभित्र रहेको गीतहरूले सम्पूर्ण संगीत मन पराउनु हुने स्रोताहरू माझ नयाँ उर्जा थपिएको छ ।

    सामाजिकपत्र

    • बुधवार, चैत्र १६ २०७८०६:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology