• सोमवार, श्रावण ११ गते २०८३

राप्रपामा कसले रोक्यो रबिन्द्रलाई ?

राप्रपामा कसले रोक्यो रबिन्द्रलाई ?

राप्रपामा कसले रोक्यो रबिन्द्रलाई ?

  • 3.6K
    SHARES

  • राप्रपामा कसले रोक्यो रबिन्द्रलाई  ?

    काठमाडौं:- केहि समय अघि रवीन्द्र मिश्र राप्रपासँग मिल्न तम्तयार भएर वार्तामा गएक थिए  । तर, पार्टीकै वरिष्ठ नेताहरुले ‘आउला, खाला र सिध्याउला’ भनेझैँ वार्ता भाँडेरै छाडिदिए । मिश्र नेतृत्वको साझा पार्टीसँग एकताका लागि राप्रपाले दिलविकास राजभण्डारी, धवलसमशेर राणा र ऋषिबाबु परियारसहितको टोली बनायो ।


    रवीन्द्रको माग थियो, चुनाव चिह्न हलो भए झण्डामा तराजु हुनुपर्छ वा झण्डामा हलो भए चुनाव चिह्न तराजु हुनुपर्छ । अनि, पार्टीको नामभित्र त ‘साझा’ भन्ने शव्द हुनैपर्छ । वार्ता टोलीले निरुपण गर्न नसकेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डेहरुलाई सल्लाह गर्न तोके ।

    तर, बुद्धिमान र विक्रममा नवप्रवेशीलाई प्रथम उपाध्यक्ष कसरी मान्ने भन्ने समस्या आएको बताइन्छ । आफूभन्दा माथि रवीन्द्रलाई राख्नुपर्ने भएपछि उनीहरुले एकता अस्वीकार गरेका हुन् । यदि साझासँग राप्रपा मिलेको भए काठमाडौंमा मेयर जित्न सकिने अनुमान उक्त पार्टीका नेताहरुले लगाएका छन् । तर यो कल्पनामात्रै भएको अर्काथरि बताउँछन् । ०७४ मा मिलेर लड्दा काठमाडौंबाट एमालेले मेयर जितेर पनि उपमेयरमा राप्रपा पराजित भएको उदाहरण छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology