• सोमवार, श्रावण ११ गते २०८३

तराईमा कार्यकर्ता चोरिने डर

तराईमा कार्यकर्ता चोरिने डर

तराईमा कार्यकर्ता चोरिने डर

  • 3.3K
    SHARES

  • तराईमा कार्यकर्ता चोरिने डर

    काठमाडौँ:- यति बेला देश चुनावी माहोलले तातेको छ। चुनावले तराईको राजनीति पनि तात्तिइसक्यो । तर, जनमत कता आकर्षित होला भन्ने कुराले अहिलेसम्म आकार ग्रहण गरेको छैन ।अचम्म, तराईमा चुनावैपिच्छे दल–बदल चलिरहन्छ । तर, सिके राउत नेतृत्वको जनमत पार्टीका मान्छेहरु भने तलमाथि भएका छैनन् ।

    राजपा, उपेन्द्र यादव र महन्थ ठाकुरका गतिला कार्यकर्तालाई एमालेमा प्रवेशमात्रै गराइएको छैन, भनेअनुसारको जिम्मेवारी दिने कुरामा इमान्दारिता पनि देखाइँदैछ । जस्तो कि, वीरगञ्जमा विजय सरावगीलाई एमाले बनाएर मेयरको टिकट सुनिश्चित गरियो । यो कुराले एमालेभित्र असन्तृष्टी त छ ।


    तर, ‘सकिनुभन्दा टिक्नु ठूलो कुरा हुन्छ’ भन्दै ओलीले कार्यकर्ता फकाइरहनुभएको छ । एमाले कार्यकर्ताहरु चाहिँ ‘यत्रो वर्ष पार्टीमा काम ग¥यौँ, मेयरका निम्ति तयार भयौँ । अहिले आएर अर्कोलाई टिकट दिने ?’ भन्दै घुर्की लगाइरहेका छन् । यो कारण एमाले नै भनेर बसिरहेका कतिपय नेता–कार्यकर्ता निराश देखिन्छन् ।

    अनुमान गर्न सकिन्छ– एमालेले भोलि प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा पनि यसै गर्दैछ । एमालेकै कारण तराईमा महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवहरुलाई आफ्ना मान्छे जोगाउन ठूलो समस्या शुरु भएको छ ।

    केही दिनअघि राजेन्द्र महतोले जनकपुर पुगेर बल्ल आफ्नो ¥याली र शक्ति प्रदर्शनको तयारी गरे । तर, समय ढिलो भइसकेको छ, जानेहरु हिँडिसकेका छन् ।

    उता, नेपाली कांग्रेसको अचम्म छ । नारा छ, ‘घर–घर जाऔँ–कांग्रेस जिताआैँ  !’ कांग्रेसचाहिँ घर–घरमा हैन, बजार र राजमार्गमै छ । वामपन्थीहरुको विभाजन र विग्रहको फाइदा उठाउँदै कांग्रेस साँच्चै नै घर–घर जाने हो भने जनमत उसको पक्षमा बढ्ने पक्का छ ।

    तर, कांग्रेस न प¥यो, भन्ने, तर नगर्ने ! उसले ‘डोर टु डोर क्याम्पेनिङ’ चलाउने हो भने मधेसवादी दलहरु पनि किनारा लाग्ने स्थिति छ । तर, गठबन्धनमा जानु ठीक कि बेठीक भनेरै कांग्रेस नेताहरु समय खेर फाल्दैछन् । यस्तो हुनुको कारण हो, अहिलेको कांग्रेस नेतृत्व सिद्धहस्त मान्छेको हातमा छैन ।

    ओली भीड जम्मा पार्न सिपालु हुनुहुन्छ । जनमत पक्षमा भए पनि, विपक्षमा भए पनि भीडले भ्रमचाहिँ राम्रैसँग फिँजाउन सक्छ । जबकि, मधेस प्रदेशभरि एमालेभन्दा माधव नेपाल नेतृत्वको समाजवादीतिर नेता–कार्यकर्ताको उपस्थिति राम्रो छ ।

    माओवादी समस्यामा छ । प्रभु साह एमाले भएर हैन, मातृका यादवहरुको असन्तुष्टि सम्बोधन नहुँदा समस्या भएको हो । अमर मण्डल, उमेश यादवबीच ठूलो झगडा छ । प्रचण्डले यो झगडा समयमा मिलाउनुभएन भने चुनावमा असर गर्ने पक्कापक्की भएको माओवादी नेताहरु बताउँछन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology