• सोमवार, श्रावण ११ गते २०८३

उदाउँदो सूर्य चिह्नसहित दर्ता भयो नयाँ नेकपा–एमाले

उदाउँदो सूर्य चिह्नसहित दर्ता भयो नयाँ नेकपा–एमाले

उदाउँदो सूर्य चिह्नसहित दर्ता भयो नयाँ नेकपा–एमाले

  • 5.0K
    SHARES

  • उदाउँदो सूर्य चिह्नसहित दर्ता भयो नयाँ नेकपा–एमाले

    निर्वाचन आयोगले नेकपा–एमाले नामको राजनीतिक दल दर्ता गरेको छ। तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी–केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि सो एमाले नाम खालि थियो।

    गत असारमा सन्ध्या तिवारीको नेतृत्वमा एक समुहले नेकपा–एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो। ‘प्रक्रिया सबै पुरा भइसकेको छ, चिठी तयार हुँदैछ, केहिबेरमा दल दर्ताको प्रमाणपत्र दिन्छौं,’ आयोगका एक अधिकारीले जानकारी दिए। उनका अनुसार सो दललाई निर्वाचन चिह्नको रुपमा डाँडामाथि उदाउँदो आधा सूर्य दिइनेछ। एमाले दल दर्ताका लागि सो समुह आयोग पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुबीच विवाद भएको थियो। प्रचण्ड र पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीले नै सो पार्टी दर्ता गर्ने पहल गरेको आरोप लगाएका थिए।

    गतमहिना कार्यकारी अध्यक्ष प्रचण्डले समेत एक सार्वजनिक कार्यक्रममै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचनमा आयोगमा नेकपा–एमाले दर्ताका लागि निवेदन दिइएको बताएका थिए। उनले यस्तै गतिबिधिले गर्दा नेकपा गम्भीर विवाद र संकटमा परेको दाबी गरेका थिए। विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

    नेकपाले पार्टीको आन्तरिक विवाद समाधानका लागि विष्णु पौडेलको अध्यक्षतामा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले छलफल गरिरहेको बेला आयोगले एमाले पार्टी दर्ता गर्ने निर्णय गरेको छ । पार्टी दर्ता भएपसँगै नेकपामा पुनः शंका उपशंका शुरु भएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७०८:५९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology