• बिहिवार, कार्तिक २० गते २०८३

गण्डकीका अर्थमन्त्रीले हटाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ फेरि समेटिने

गण्डकीका अर्थमन्त्रीले हटाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ फेरि समेटिने

गण्डकीका अर्थमन्त्रीले हटाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ फेरि समेटिने

  • 2.9K
    SHARES

  • गण्डकीका अर्थमन्त्रीले हटाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ फेरि समेटिने

    गाेरखा- गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले हटाएकाे निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम फेरि समेटिने भएकाे छ ।

    प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री बरालले हटाएको भनिएको कार्यक्रम समेटेर सोमबारदेखि संसदमा असार १ गते पेश भएको बजेटमाथि छलफल हुने भएको हो ।

    शुक्रबार राति २ बजेसम्म बैठक बसेर मुख्यमन्त्री नेपाली र अर्थमन्त्री बरालले सोमबारदेखि प्रदेशसभा बैठकमा बजेट छलफल गर्ने समझदारी गरेका थिए ।

    त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा थप्ने र मन्त्रालयको सिलिङभित्रको योजना नै काटिएको विषयमा क्रस चेक गर्ने, थपघट गर्नुपरे अर्थ विविध शीर्षकबाट गर्ने र संसदमा छलफल पनि चलाउने सहमति भएको हाे ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत सत्तारुढ दलका नेताहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाम राख्नुपर्ने अडान राखेका छन् ।

    प्रत्येक निर्वाचन क्षेत्रका सांसदले दामासाहीले बाँड्न पाउने गरी २/२ करोड रुपैयाँका दरले ३६ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा ७२ करोड रुपैयाँ विनियोजन हुँदै आएको थियो ।

    अर्थमन्त्री बरालले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेश गरेका थिए ।

    सामाजिकपत्र

    • आइतवार, आषाढ १९ २०७९०८:३७:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology