• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • 4.8K
    SHARES

  • गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    गोरखा - गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आयोजित प्रतियोगितामा गोरखाका ८ वटा पालिका सहभागी छन् ।

    गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका, भिमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट, गण्डकी, चुमनुब्री गाउँपालिकाका खेलाडी सहभागी छन् । आरुघाट, शहीदलखन, सिरानचोक र अजिरकोट गाउँपालिकाका खेलाडी भने सहभागी नभएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

    जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले खेल क्षेत्रको बिकासका लागि सबै पक्षको साथ सहयोग हुनुपर्ने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङ, शक्ति माविका प्रधानाध्यापक बद्री अर्यालले लगायतले मन्तब्य राखेका थिए ।

    ४४ वटा मेडलका लागि खेलाडीहरु बिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बस्नेतले बताए । कबड्डी, भलिबल, एथ्लेटिक्सका बिभिन्न बिधा र मार्सल आट्सका कराँते, टाईगन्टु लगायत खेलमा प्रतिस्पर्धा हुनेछ ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २१ २०७९१०:५४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology