• सोमवार, श्रावण ११ गते २०८३

कार्यपालिका बैठक माग गर्दै उपप्रमुख नेतृत्वमा बालेनलाई पत्र

कार्यपालिका बैठक माग गर्दै उपप्रमुख नेतृत्वमा बालेनलाई पत्र

कार्यपालिका बैठक माग गर्दै उपप्रमुख नेतृत्वमा बालेनलाई पत्र

  • 85.2K
    SHARES

  • कार्यपालिका बैठक माग गर्दै उपप्रमुख नेतृत्वमा बालेनलाई पत्र

    काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल नेतृत्वमा कार्यपालिका ४१ जना सदस्यले मेयर बालेन्द्र शाह (बालेन)लाई  कार्यपालिका बैठक बोलाउन माग गर्दै पत्र लेखेका छन्।

    आज बसेको अनौपचारिक बैठकले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेको हो। ४२ सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो। उनीहरूले ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।

    '२०८१ चैत १० गते २३ जना नगरकार्यपालिकाका सदस्यहरूले बैठक माग गरी पत्राचार भएकोले पुन पत्र पठाइ ७ दिनभित्र कार्यपालिका पत्र पठाउन माग गर्दछ' उनीहरूले लेखेको पत्रमा उल्लेख छ। 

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक पुस १४ गतेदेखि बस्न सकेको छैन।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology