• सोमवार, श्रावण ११ गते २०८३

गण्डकीको गाउँसभामा जान तयार भए कांग्रेस-एमाले !

गण्डकीको गाउँसभामा जान तयार भए कांग्रेस-एमाले !

गण्डकीको गाउँसभामा जान तयार भए कांग्रेस-एमाले !

  • 79.7K
    SHARES

  • गण्डकीको गाउँसभामा जान तयार भए कांग्रेस-एमाले !

    गण्डकी गाउँपालिकामा लामो समयदेखि गाउँसभा बैठक बहिष्कार गर्दै आएका कांग्रेस र एमालेका जनप्रतिनिधिहरू अन्ततः गाउँसभामा सहभागी हुने सहमतिमा पुगेका छन्।

    गाउँपालिकाको कार्यपालिकाले तीन दिने लिखित स्पष्टीकरण मागेपछि उनीहरूले गल्ती स्वीकार्दै बैठकमा भाग लिने प्रतिबद्धता जनाएका हुन्।

    २०७९ सालको स्थानीय तह निर्वाचनपछि हालसम्म बसेको ९ वटा गाउँसभा बैठकमध्ये कुनैमा पनि उपस्थित नभएका उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुबास पन्त र वडा नम्बर ४ का अध्यक्ष राजुबाबु भण्डारीले अबदेखि बैठकमा उपस्थित हुने लिखित प्रतिबद्धता व्यक्त गरेका छन्।

    गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले जनप्रतिनिधिहरूलाई बारम्बार बैठकमा सहभागी हुन आग्रह गर्दा पनि नभएको उल्लेख गर्दै अब लिखित प्रतिबद्धता प्राप्त भएको बताए।

    गण्डकी गाउँपालिकाले लिखित स्पष्टीकरण पत्र जारी गरेपछि कांग्रेस र माओवादी केन्द्रबीच जिल्ला तहमा सहमति भएको थियो भने नेकपा एमालेले पनि छुट्टै छलफल गरि गाउँसभा बैठकमा सहभागी हुने लिखित प्रतिबध्ता जनाएको छ।

    गण्डकी गाउँपालिका कार्यालय भुम्लिचोकमा माओवादी केन्द्र र एमालेका पार्टी प्रतिनीधहरुको उपस्थितिमा सहमति भएको हो।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology