• सोमवार, श्रावण ११ गते २०८३

गण्डकीलाई हराउदैं गोरखा नगरपालिकाले जित्याे नवौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

गण्डकीलाई हराउदैं गोरखा नगरपालिकाले जित्याे नवौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

गण्डकीलाई हराउदैं गोरखा नगरपालिकाले जित्याे नवौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

  • 4.3K
    SHARES

  • गण्डकीलाई हराउदैं गोरखा नगरपालिकाले जित्याे नवौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

    गोरखा– नवौँ जिल्लस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गोरखा नगरपालिकाले जितेको छ ।

    एथलेटिक्स, तेक्वान्दो, कबड्डी, भलिबललगायत ४४ वटा विधामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोरखाले जित निकालेको हो ।

    प्रतियोगितामा गण्डकी गाउँपालिका दोस्रो हुन सफल भएको छ । ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेको गण्डकी दोस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

    ७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिले तेस्रो स्थान हात पारेको छ । यसैगरी प्रतियोगितामा सहभागी भिमसेन थापा र धार्चे गाउँपालिकाले दुई/दुई स्वर्ण जितेन सफल भएको छ ।

    चुमनुब्री गाउँपालिका, अजिरकोट, पालुङटार नगरपालिकाले एक/एक स्वर्ण जितेको आयोजकले जनाएको छ ।

    सिरानचोक, शहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएको थिएनन् । गत १९ गतेदेखि जारी प्रतियोगिता हिजो सम्पन्न भएको हो ।

    प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् । २३ र २४ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २३ २०७९०८:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology