जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा जनकरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको हो ।
सुरुवाती चार खेलमा जित त्यसपछि सुदूरले नै लगाएको अपराजित यात्राको ब्रेक अनि पुनरागमन गर्दै फाइनलसम्म पुगेको जनकपुरले सुदूर विरुद्ध नै दुई हारको बदला लिएर उपाधि जितेको हो ।
जनकपुरलाई च्याम्पियन बनाउन मैदानभित्र र बाहिर खेलाडी प्रशिक्षक म्यानेजमेन्ट सबैको योगदान रह्यो ।