सोमवार, श्रावण ११ गते २०८३
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो।
जिमी निशमले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई जितको बाटो देखाएका थिए। उनले जनकपुरका लागि सर्वाधिक १७ बलमा ४५ रन बनाए।
२ चौका र ५ छक्का प्रहार गरेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए।
कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १७ रन खर्चे।
सोमपाल कामी, विलियन बसिस्टो र जिसन मक्सुदले समान एक विकेट आफ्नो नाममा गरे।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology