पोखरा, २४ असार । गण्डकी प्रदेश सरकारबाट बिनियोजीत बजेटमा केही साम्सदले सबै आफैंले पारेको भन्दै सामाजिक संजालमा हल्ला गरेका छन् । सत्ता पक्षीय साम्सदलेनै जनताको करबाट वितरण गरिएको बजेटमा आफ्नै निजी सम्पत्ति वितरण गरे जस्तो गरि गलत प्रचार गरेका हुन् ।
त्यस मध्य गोरखा क्षेत्र नं २ `ख´ का नेपाली कॉंग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले क्षेत्र नं २ मा प्रदेश सरकारबाट परेको बजेट सबै आफैले हालेको भनी आफ्नो साम्सद लेटरमै योजानको सूची प्रकाशित गरेका छन् । साम्सद दवाडीले `लाज पनि लजाउने´ गरि प्रचार गरेको भन्दै उनको चर्को आलोचना भएको छ । उनले सबै बजेट आफ्नै खेतवारी बेचेर दिए जस्तो गरि जनतामा भ्रम छरेको भन्दै एक साम्सदले यस बिषयमा प्रदेश सम्सदमा कुरा उठाउने बताए ।
दवाडीले आफ्नो साम्सद पदको लेटरप्याड प्रयोग गरी सामाजिक संजाल सबै बजेट आफुले पारेको भन्दै पोष्ट गरेका छन् ।
दवाडीले सत्तापक्षकै साम्सद मनकुमारी गुरुङ र धनमाय लामाको सिफारीसमा परेको बजेटलाई पनि आफ्नो लेटर प्याड प्रयोग गरि सस्तो लोकप्रियताको लागी प्रचार गरेकोमा प्रदेश सांसदद्वयले दुःख ब्यक्त गरेका छन् । उनिहरुले गुनासो गर्दै भने “सबैको पहलमा बितरण भएको बजेट यसरी एकलौटी प्रस्तुत गर्नु सुहाउदों भएन ।”
साम्सद दवाडीमाथी काम भन्दा हल्ला धेरै गर्ने गरेको आरोप लाग्दै आएको छ । यो पनि मैले गरेको त्यो पनि मैले गरेको भन्दै गर्दै नगरेको कामको समेत उनले जस लिने प्रयास गर्ने गरेको कांग्रेस गोरखाका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा गण्डकी टाइम्सलाई बताए ।
दवाडीको यस्तो हर्कतले कांग्रेस पार्टी समेत वाक्कदिक्क भएको समेत उनले बताए ।