• सोमवार, श्रावण ११ गते २०८३

नागरिक समूहको राष्ट्रिय सम्मानमा डा. रुइत र ज्ञवाली अभिनन्दित

नागरिक समूहको राष्ट्रिय सम्मानमा डा. रुइत र ज्ञवाली अभिनन्दित

नागरिक समूहको राष्ट्रिय सम्मानमा डा. रुइत र ज्ञवाली अभिनन्दित

  • 3.9K
    SHARES

  • नागरिक समूहको राष्ट्रिय सम्मानमा डा. रुइत र ज्ञवाली अभिनन्दित

    काठमाडौं । नागरिक समूहले नागरिक अभिनन्दनसहितको राष्ट्रिय सम्मानबाट विश्वविख्यात डाक्टर सन्दुक रुईतलाई सम्मान गरेको छ । त्यसैगरि युवाको तर्फबाटको सम्मान युवा उत्प्रेरक वक्ता एवं कथाबाचक सुधन ज्ञवालीलाई प्रदान गरिएको छ ।

    नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न कार्यक्रमका बीच डा. रुईत र नागरिक समूहका अध्यक्ष जयराम सिग्देल र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

    संविधान निर्माण, भ्रष्टाचारमुक्त समाज र राष्ट्रिय सम्वृद्धिको मुद्दामा काम गर्दै आएको नागरिक समूहले यसअघि संविधान सभाको निर्वाचन सम्पन्न पार्न खेलेको भुमिकाको कदर गर्दै पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मी, कलाकारिताको माध्यमबाट आम मानिसलाई सुसूचित पार्न खेलेको भूमिकाको सम्मान गर्दै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र नेपाली सेनामा रहेर शारिरीक अपांगताका बाबजुद पनि राष्ट्रिय सुरक्षामा खेलेको भूमिकाको कदर गर्दै रमिन्द्र क्षेत्रीलाई राष्ट्रिय सम्मानबाट सम्मान गरिएको अध्यक्ष जयराम सिग्देलले बताए ।

    कार्यक्रममा केहि समयअघि पत्रकार प्रेम बानियाँले संचालन गरेको जय स्वाभिमानसँग कार्यगत एकता गरि एकत्रित रुपमा जाने गरि काम गरेको नागरिक समूहले जय स्वाभिमान लेखिएको टिसर्ट समेत सार्वजनिक गरेको छ ।

    1.jpg

    2.jpg

    सामाजिकपत्र

    • मंगलवार, आश्विन ४ २०७९०१:२८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology