• सोमवार, श्रावण ११ गते २०८३

पूर्व राष्ट्रपतिलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

पूर्व राष्ट्रपतिलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

पूर्व राष्ट्रपतिलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

  • 3.3K
    SHARES

  • पूर्व राष्ट्रपतिलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

    काठमाडौं- अमेरिकी संसदको एक समितिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

    करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।

     

    राष्ट्रपतिको निर्वाचनबाट ट्रम्प पराजित भएको र जो बाइडन निर्वाचित भएको औपचारिक घोषणाको विरोधमा सन् २०२१ को जनवरी ६ मा उनका समर्थकहरुको भिड संसद भवनभित्र प्रवेश गरी प्रदर्शन र तोडफोड गरेको थियो । सो घटनामा गोली लागेर एक जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

     

    उक्त घटनाबारे छानबिन गर्न सातजना डेमोक्र्याटिक र दुई जना रिपब्लिकन सांसद रहेको समिति गठन गरिएको थियो । समितिले १८ महिनाको छानबिन पछि ट्रम्पलाई फौजदारी अभियोग लगाउन सिफारिससहितको छानविन प्रतिवेदनको सांराश सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

    ट्रम्पले भने विज्ञप्ति जारी गर्दै आफूले कुनै गल्ती नगरेको जिकीर गरेका छन् । उक्त अनुसन्धान आफूलाई आगामी राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्ने उद्देश्यबाट प्रेरित भएको आरोप उनले लगाएका छन् ।

    सामाजिकपत्र

    • मंगलवार, पौष ५ २०७९१२:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology