आदरणीय अध्यक्ष ज्यु,
शहिद लखन गा.पा.
गोरखा
हाम्रो शहिद लखन गा.पा.मा संचालित सम्पुर्ण कार्यलाई समर्थन गर्दै केही महत्वपुर्ण सुझाव दिन चाहन्छु।
अहिले शहिद लखन गा.पा.मा विभिन्न महत्वपूर्ण योजनाहरु सुचारु भै राखेका छन र केही योजनाहरु सकिएको अवस्था छ। अबको बजेट बिनियोजन गर्दा नया र महत्वाकांक्षि योजनालाई अगाडि बडाउन भन्दा पनि पहिले संचालन भएका अपुरा कामहरुलाई मुर्तरुप दिन तर्फ लाग्नु पर्छ भन्ने लाग्छ। साथै नयाँ योजना तय गर्दा अबको आफ्नो समयावधि भित्र सकिने महत्वपुर्ण बिकास निर्माणका योजनाहरु जस्तै View Tower निर्माण (उपयुक्त ठाउहरु ठुललेक,नामडाडा,लबडाडा), रमणिय पार्क निर्माण , पुरातात्त्विक सम्पदाको संरक्षण( सत्तल,मठ, मन्दिर,गुफा, चौतारा) , खानेपानी मुहानहरुको संरक्षण, सिंचाइ ,सिपमुलक तालिम , कृषि उत्पादन ,संकलन र बिक्री केन्द्र निर्माण जस्ता कार्यक्रम तय गर्नु राम्रो हुन्छ जस्तो लाग्छ।
कोरोनाको महामारिले गर्दा अहिले मुलुक आपतकालिन समयमा छ। यसले गर्दा नेपालमा रहेका युवाहरुको बेरोजगारीको समस्या त छदै छ रोजगारको खोजिमा बिदेश गएका कयौं युवाहरु नेपाल फर्किने निस्चित छ। यसको प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रो गा.पा.मा पनि पर्ने देखिन्छ। तसर्थ यस दुखद क्षणलाई हामिले आपतकालिन समयको साथसाथै स्थानिय बिकास र उत्पादनको अवसरको संकेतको रुपमा पनि लिनु पर्दछ।
यो महामारिले गर्दा बिदेश जाने मोह भएका र गएर फर्किने अवस्थामा रहेका युवाहरु आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ कयौ युवाहरूको सोच बदलिने सम्भावना देखिन्छ। स्थानिय सरकार सधै संघीय सरकारको मुख ताक्नु उपयुक्त हुदैन, संघीयता टिकाउने हो भने स्थानिय सरकारको महत्वपुर्ण योगदान रहन्छ तसर्थ स्थानिय स्तरमा भएका स्रोत र साधनको साथसाथै युवा परिचालनको भरपुर उपयोग र उत्पादनमा जोड दिनुपर्ने हुन्छ। त्यसैले युवाहरूलाई आफ्नै ठाउँमा उत्पादनमा जोड्न सक्ने महत्त्वाकांक्षी योजना स्थानिय सरकारले तय गर्नुपर्दछ भन्ने लाग्छ।स्थानीय सरकारको योजना अन्तर्गत निम्न योजना समाबेश गर्न सकिन्छ :
१)कृषि ब्याबसायमा युवा लक्षित विशेष प्याकेज तय गर्ने(सहुलियत ब्याजदरमा ऋणको सहजीकरण, अनुदान, आकर्षक र लगानी मैत्री प्याकेज),
२)स्थानिय सरकारको स्वामित्वमा विभिन्न किसिमका गार्मेन्ट संचालन गर्ने ( Fashionable बिदेशी लत्ताकपडा प्रतिबन्ध लगाइ आफ्नै गा.पा.मा उत्पादित सामाग्रीको प्रयोग गर्ने),
३)आयुर्वेदिक स्वास्थ्य उपचार तथा औषधि उत्पादनमा प्रयोग हुने जडिबुटी , बोटबिरुवाहरुको खोजअनुसन्धान,उत्पादन तथा संरक्षण गर्ने (Allocate research fund )
४)उत्पादित बस्तुको नियन्त्रण र ब्यबस्थापन स्थानिय सरकारले गर्ने। यसको लागि संकलन केन्द्र, बिक्री केन्द्र र बजार समन्वय बिभाग खडा गर्ने,
५)स्नातकोत्तर गरेका युवाहरुलाई ब्याबसायिक उद्देश्यका साथ गाउँ फर्काउन बिशेष महत्वाकांक्षि प्याकेज /योजना तय गर्ने ,
६)युवा स्वरोजगार सम्बन्धि Motivational कार्यक्रम संचालन गर्ने,
७) सङ्घिय सरकारले भने जस्तै स्नातकोत्तर गरेका युवाहरुलाई स्वयंसेवक शिक्षक हुन र गाउँ आउन आकर्षक प्याकेज तय गर्ने,
८) युवा लक्षित सिपमुलक र उपयोगी तालिम / प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने,
९) बिकास निर्माणका कार्यहरुमा बिशेष प्रथामिकताका साथ आफ्नै गा.पा.का युवाहरुलाई समाबेश गराउने।( यसको लागि आफ्नो क्षेत्रमा संचालन हुने बिकास निर्माणका कार्यमा आवस्यकता अनुकुल एक घर एक ब्यक्तीलाई अनिवार्य रुपमा योजना अनुरुप ज्याला दिने सहमति सहित बिकास निर्माण काममा सहभागी गराउने , काम गर्न नसक्ने पाका/वृद्धमात्र रहेका परिवारका हकमा विशेष प्राबधान राख्ने।)
१०) प्रत्येक वडामा मापदण्ड अनुरुप स्तरिय खेलमैदान निर्माण गर्ने र युवालाई खेलकुद मार्फत एकीकृत गर्ने।
अत: बिकास र परिवर्तनका सम्बाहक/श्रोत युवा र परिचालन हो भन्नेमा दुई मत छैन। संघीयताको संरक्षण गर्ने हो भने बैज्ञानिक तरिकाले स्थानिय श्रोत र साधनको भरपुर उपयोग गर्नुपर्ने हुन्छ। तसर्थ स्थानिय सरकारले युवा लक्षित कार्यक्रमहरुलाई विशेष नजरअन्दाज गरि परिचालन र उत्पादनमा बिशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ। अन्त्यमा, अहिले बिश्वोब्यापी फैलदै गरेको कोरोना महामारिबाट बच्न सजग र सम्यम हुन सबैमा बिनम्र अपिल गर्दछु। धन्यवाद !
खड्का अनेरास्ववियूका केन्द्रीय नेता हुन्।
