• सोमवार, श्रावण ११ गते २०८३

विद्यालय ज्ञानको मन्दिर कि ? डरको कोठा ?

विद्यालय ज्ञानको मन्दिर कि ? डरको कोठा ?

विद्यालय ज्ञानको मन्दिर कि ? डरको कोठा ?

  • 3.5K
    SHARES

  • विद्यालय ज्ञानको मन्दिर कि ? डरको कोठा ?

    शारीरिक सजाय होइन, सम्मान र ममताले भविष्य निर्माण गरौँ

    हरेक बिहान साना बालबालिका उत्साहका साथ उठ्छन् । विद्यालयको पोसाक लगाउँछन्, झोला बोकेर घरबाट निस्कँदा उनीहरूका आँखामा असंख्य सपना झल्किरहेका हुन्छन् । नयाँ कुरा सिक्ने, साथीहरूसँग रमाउने, शिक्षकबाट प्रेरणा लिने र उज्ज्वल भविष्य निर्माण गर्ने उनीहरूको चाहना हुन्छ ।
    तर एकछिन सोचौँ, यदि तिनै बालबालिका विद्यालय पुग्नेबित्तिकै लठ्ठीको डरले काँप्न थाले भनेरु यदि गल्ती गर्दा सिकाइ, प्रोत्साहन र मार्गदर्शनको सट्टा अपमान र पीडा मात्र प्राप्त भयो भनेरु के त्यस्तो विद्यालयलाई हामी साँच्चै “विद्याको मन्दिर“भन्न सक्छौँरु
    हालै सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा भाइरल भइरहेको छ, जसमा कक्षाकोठाभित्र एक शिक्षिकाले विद्यार्थीलाई लठ्ठीले हिर्काइरहेको र उसको अवस्था पीडादायी देखिन्छ । उक्त घटनाको सम्पूर्ण सत्यतथ्य सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी नै छ । त्यसउपर अध्ययन हुनुपर्छ र भइरहेको होला भन्ने अपेक्षा गरिन्छ, तर यस घटनाले हाम्रोसामु एउटा गम्भीर प्रश्न भने अवश्य खडा गरेको छ, “के आज पनि विद्यालयमा शारीरिक सजायलाई अनुशासन कायम गर्ने स्वीकार्य माध्यमका रूपमा हेरिन्छरु”
    बालबालिकाको शरीर सानो हुन सक्छ, तर उनीहरूको आत्मसम्मान अत्यन्त ठूलो हुन्छ । लठ्ठीले लागेको चोट केही दिनमै निको हुन सक्छ, तर अपमान र भयले मनमा पारेको घाउ वर्षौँसम्म पनि निको नहुन सक्छ ।
    कतिपयले अझै पनि भन्ने गर्छन्, “हामी पनि सानैमा कुटाइ खाएरै ठूलो भएका हौँ ।” तर हामीले आफैँलाई एउटा इमानदार प्रश्न सोध्नुपर्छ, के आज हामी जहाँ छौँ, त्यो केवल कुटाइकै कारण होरु यदि कुनै खराब व्यवहार र चलन विगतमा यस्तै थियो भन्दैमा त्यसलाई आज पनि निरन्तरता दिनुपर्छ भन्ने कहाँ लेखिएको छरु समयसँगै समाज बदलिएको छ, शिक्षा बदलिएको छ, बालअधिकारको चेतना बढेको छ । त्यसैले हाम्रो सोच र व्यवहार पनि समयअनुकूल परिवर्तन हुनु आवश्यक छ ।
    डरले बालबालिकालाई केही समयका लागि चुप गराउन सक्छ, तर डरले सिर्जनशीलता जन्माउँदैन । डरले प्रश्न गर्ने साहस हराउँछ, जिज्ञासा दबाउँछ, आत्मविश्वास कमजोर बनाउँछ र विद्यालयलाई सिक्ने थलो होइन, सकेसम्म टाढा भाग्नुपर्ने स्थानजस्तो अनुभूति गराउँछ ।
    हरेक बालबालिकाको मौलिक अधिकार हो, “आत्मसम्मानका साथ सिक्न पाउने वातावरण प्राप्त गर्नु र गल्ती गर्दा सुधार्ने अवसर पाउनु ।”
    हामी सबैले बुझ्न आवश्यक छ कि गल्ती गर्नु सिकाइ प्रक्रियाको स्वाभाविक र अपरिहार्य हिस्सा हो । गल्तीमा दण्ड होइन, धैर्य, मार्गदर्शन र प्रोत्साहन आवश्यक हुन्छ ।
    असल शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइन । असल शिक्षक त्यो हो, जसले निराश विद्यार्थीमा आशा जगाउँछ, डराएका बालबालिकामा आत्मविश्वास भरिदिन्छ, गल्ती गरेका विद्यार्थीलाई अपमानित नगरी सही बाटो देखाउँछ र प्रत्येक विद्यार्थीभित्र रहेको सम्भावनालाई उजागर गर्न सहयोग गर्छ ।
    आज हामी एउटा महत्त्वपूर्ण निर्णयको मोडमा उभिएका छौँ । अब प्रत्येक विद्यालयमा शारीरिक तथा मानसिक हिंसाप्रति पूर्ण “शून्य सहनशीलता ९श्भचय त्यभिचबलअभ० को नीति प्रभावकारी रूपमा लागू गरिनुपर्छ ।
    प्रत्येक विद्यालयमा निम्न व्यवस्था अनिवार्य हुनुपर्छः
    स्पष्ट, व्यवहारिक र प्रभावकारी आचारसंहिता ९९ऋयमभ या ऋयलमगअत०० लागू गरिनुपर्छ ।
    शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई नियमित रूपमा बालअधिकार, सकारात्मक अनुशासन, बालमनोविज्ञान र सुरक्षित विद्यालय वातावरणसम्बन्धी अभिमुखीकरण गरिनुपर्छ ।
    विद्यार्थीहरूले सुरक्षित, गोप्य र विश्वासिलो रूपमा गुनासो राख्न सक्ने प्रभावकारी संयन्त्र स्थापना गरिनुपर्छ ।
    कुनै पनि प्रकारको शारीरिक वा मानसिक हिंसालाई सामान्य अनुशासनको उपाय भन्दै बेवास्ता गर्नु हुँदैन ।
    आचारसंहिता उल्लङ्घन भएमा निष्पक्ष छानबिन गरी आवश्यक कारबाही सुनिश्चित गरिनुपर्छ ।
    शिक्षकहरूलाई बालमनोविज्ञान, भावनात्मक विकास, सकारात्मक अनुशासन तथा सकारात्मक कक्षा व्यवस्थापनसम्बन्धी नियमित तालिम प्रदान गरिनुपर्छ।
    यस अभियानमा सरकार, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, सामाजिक संघसंस्था तथा सम्पूर्ण समुदायको समान जिम्मेवारी छ । सुरक्षित विद्यालय केवल पर्खाल र भवनले बन्दैनस सम्मान, विश्वास, उत्तरदायित्व र ममताले निर्माण हुन्छ ।
    अब हामीले आफैँलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्छ,
    हामी हाम्रा बालबालिकालाई कस्तो समाज सुम्पन चाहन्छौँरु
    डरले मौन बनेका नागरिकहरूको समाजरु
    वा आत्मविश्वासका साथ सोच्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र जिम्मेवारीपूर्वक नेतृत्व गर्ने नागरिकहरूको समाजरु
    आज लठ्ठीको डरले चुप लागेका बालबालिकाले भोलि आफ्नो पीडा पनि लुकाउन सिक्न सक्छन् । तर आज सम्मान, माया र विश्वास पाएको बालबालिकाले भोलि अरूलाई पनि सम्मान गर्न, सुन्न र सहकार्य गर्न सिक्छन् भन्ने कुराको वोध हुन आवश्यक छ ।
    शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन । शिक्षाको उद्देश्य असल, संवेदनशील, जिम्मेवार, नैतिक र आत्मविश्वासी नागरिक निर्माण गर्नु हो । त्यो उद्देश्य हिंसा, डर र अपमानबाट कहिल्यै हासिल हुँदैनस प्रेम, धैर्य, संवाद, सम्मान र सकारात्मक अनुशासनबाट मात्र सम्भव हुन्छ।
    आउनुहोस्, हामी सबैले एउटा साझा प्रतिबद्धता गरौँ, 
    विद्यालयलाई डरको होइन, विश्वास र सम्मानको घर बनाऔँ ।
    शारीरिक सजाय होइन, सकारात्मक अनुशासनलाई व्यवहारमा उतारौँ ।
    प्रत्येक बालबालिकाका लागि सुरक्षित, सम्मानजनक, समावेशी र हिंसामुक्त सिकाइ वातावरण सुनिश्चित गरौँ ।
    किनभने,
    आज हामीले हाम्रा बालबालिकाको सम्मान जोगायौँ भने, भोलि उनीहरूले हाम्रो समाजको सम्मान जोगाउनेछन् ।
    धन्यवाद ।
    लेखक सामाजिक विकास, मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धका विषयमा कार्यरत सामाजिक अभियन्ता तथा प्रशिक्षक हुनुहुन्छ ।०

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    • मंगलवार, आषाढ ३० २०८३०८:०३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology