• सोमवार, श्रावण ११ गते २०८३

विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • 2.7K
    SHARES

  • विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौँ। धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

    धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका–५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो ।

    सामाजिकपत्र

    • बिहिवार, पौष ७ २०७९०३:०२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology