• सोमवार, श्रावण ११ गते २०८३

१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई ‘डिपोर्ट’

१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई ‘डिपोर्ट’

१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई ‘डिपोर्ट’

  • 3.1K
    SHARES

  • १० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई ‘डिपोर्ट’

    काठमाडौं-  गृहमन्त्रालयले सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको छ । शुक्रबार  शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् ।

    अध्यागमन विभागमा उनलाई बुझाएपछि गृहमन्त्रालयले १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको हो । उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्न विमानस्थल लगिएको छ ।

    विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो। ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए ।

    उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

    सामाजिकपत्र

    • शुक्रवार, पौष ८ २०७९०६:१२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology