• सोमवार, श्रावण ११ गते २०८३

सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी

सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी

सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी

  • 2.6K
    SHARES

  • सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको तमु ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन्।

    राष्ट्रपति भण्डारीले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएकी छन्।

    ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बिच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास लिएको छु,’ उनले भनेकी छन्।

    उनले तमु ल्होसार पर्वले आपसी विश्‍वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेकी छन्।

    नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ‚ कास्की, पर्वत लगायतका जिल्लामा यो पर्व मनाउने गरिन्छ ।

    तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो‚ कछाड अनि पटुकी बाँधेर सजिन्छन्। यस अवसरमा घाटु, सोरठी‚ कौडा जस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन्।

    सामाजिकपत्र

    • शुक्रवार, पौष १५ २०७९०९:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology