• सोमवार, श्रावण ११ गते २०८३

कारागारमा गोली चल्यो, दर्जनौँ कदी फरार

कारागारमा गोली चल्यो, दर्जनौँ कदी फरार

कारागारमा गोली चल्यो, दर्जनौँ कदी फरार

  • 2.4K
    SHARES

  • कारागारमा गोली चल्यो, दर्जनौँ कदी फरार

    मेक्सिको सिटी। बन्दुकधारीको एउटा समूहले  गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं कैदीहरू भागेका छन्। बन्दुकधारी लागूऔषध समूहका सदस्य भएको आशंका गरिएको छ।

    सशस्त्र गाडीमा चढेर कारागार पुगेका ती मानिसहरुले चिहुआहुआ राज्य कारागार बाहिर  गार्डहरूमाथि अन्धाधुन्द गोली चलाएका अधिकारीहरूले बताए।

    सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा चार बन्दीसहित १० जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो।

    झडपमा १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ।

    घटनापछि कारागारबाहिर भेला भएका आफन्तजनहरु एकअर्कालाई अँगालो हालेर रोइरहेका प्राप्त विवरणहरुमा जनाइएको छ। आक्रमणकारीहरू कालो लुगा लगाएका साक्षीमध्येकी एक महिलाले बताइन्।

    सामाजिकपत्र

    • सोमवार, पौष १८ २०७९११:५८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology