आज जुन ५ बिस्व वातबरण दिवस,पोहोर परार जसरि विभिन्न कार्यक्रम गरेर त मनाउन सम्भव नभएता पनि घरमानै बसेर वातबरण दिवसमा साथ दिन भने अबस्य सकिन्छ ।

बढ्दो जनसंख्या चाप,अब्यबस्थित बसोबास,विभिन्न बैज्ञानिक उपकरणको खोज,अणु परमाणुहरुको आविस्कार र मानिसले वातबरणमा पुराएको क्षति यी सबैलाई चुनौती दिदै जब प्रकृति आफैले परिबर्तन खोज्यो तेस्को उपज हामीले बिभिन्न माहामारी र प्राकृतिक प्रकोपको सिकार हुनु परेको छ। अलिकति सोच वातावरणलाई र अलिकति समय वातबरणलाइ दिन सकेको भए सायद आज कुनै पनि राष्ट्र र यति धेरै जनसंख्या कोरोना कहरमा रुमलिन पर्दैन थियो की?

ठुला राष्ट्र हरुले आफ्नो अर्थतन्त्र र शाक्ति प्रदर्सनका निमित्त वातबरणमा पुराएको क्षतिले गर्दा आज विश्वनै प्रभाभित बहिरहेको छ। साना मुलुकहरुमा ठूला मुलुकको तुलनामा केहि कम देखिएता पनि प्रदूषणमा भने लगभग प्रतिसपर्दानै जस्तो हाराहारीमा देखीएको यो अवस्थामा बिभिन्न नया प्रजातिका जिबाणुको सिकार त पटक पटक मानवजाति हुदै आइरहेकोनै हो। यस्तै कुराहरु लाइ बेवास्ता गर्दै जादा आज मानवजातिको लागि नै ठुलो बिपत बनेर कोरोना(कोभिड-१९)माहामारी फैलिराहेको छ।

प्रकृतिलाई लामो समय सम्म हामीले आफ्नो आरामदायी जीवन यापनको लागि प्रयोग गरेको उपज आज हामीले आफ्नो प्रतिफल पाउदैछौ । मनाबजातीले गरेको विनाशको सजाय मानिस मात्र नभई विभिन्न जनावरहरुले पनि सहनुपरेको छ। जीवन कसको होइन जीवन त जीवन हो चाहे कुनै बनस्पति होस् चराचुरुंगी होस् जीवजन्तु होस् या मानब नै किन नहोस् ?

कोरोना प्रकोप बढिरहेको र धेरै देशहरू लकडाउनको आबस्थामा रहदा यहाँ प्रकृति भने हर्ष उल्लास देखिन्छिन । लोस अंगेलोस देखि नयाँ दिल्ली सम्म विभिन्न आत्यधिक प्रदुषण निकाल्ने शहर आज धेरै भित्र थुनिदा बाताबरणमा कार्बोनको मात्रा घटीरहेको छ । चीनमा २५% बातावरणमा कार्बोन मात्रा घटिरहेको छ भने बिश्वम यति छोटो समयमा १७% ले प्रदुषढ घटेको छ।

मनिसहरु बिलासिताको जीवनका सामान भन्दा आफुलाई चाहने आत्यबसेक सामानमा मात्र सिमित रहदा घरायासी र अन्य प्लास्टिक जन्य फोहोरहरु पनि घट्दै गएको छ । इन्धन खपतमा पनि कमि आएको छ र मनिसहरु करेसाबारीमा या गमलामै नै या घरको छतमा भएता पनि आफ्नो घरको निम्ति तरकारी फलाउन तत्पर देखिन्छन ।

काठमाडौँ , बिरगन्ज लगायत विभिन्न सहरहरुमा स्वच्छ हावा सास फेर्न पाइन्छ भनेर हाम्रो कल्पना भन्दा बाहिर को कुरा बनिसकेको थियो । केहि क्षणको लागि भएता पनि प्रकृतिले केहि राहत भने पक्कै महसुस गरेकी छिन् ।यो अबस्थालाइ अझै निरन्तता दिन सके पक्कै हामीले वातबरणको नया स्वोरुप देख्न सकिनेछ। यो सम्भव त होला नहोला आफ्नो ठाउमा छ तर पहल भने पक्कै गर्न सकिन्छ ।

मानव जातिको बिनास बनेर आएको कोरोनाले वातबरणमा यति राम्रो प्रभाव पारेको देख्दा म यस्लाई गालि गरौ या धन्यबाद दिउ अन्योल छु।तर जस्तै भएता पनि “सुरक्षित् जीवनका लागि जैविक बिभितता”भन्दै ,”सबैले वातबरण संरक्षणमा पहल गरौं।