• आइतवार, आश्विन ४ गते २०८३

विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार गरिने

विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार गरिने

विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार गरिने

  • 5.4K
    SHARES

  • विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार गरिने

    कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि गरिने भएको छ ।

    पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने छ। बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

    यसैबीच शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको छ । सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो ।

    बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।

    सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्‍याउने कार्यविधि बनाएको छ । सोही बमोजिम शुक्रबार आउने वागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पुर्‍याउने जिम्मा गुरुङले पाएका हुन् ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology