• सोमवार, श्रावण ११ गते २०८३

लियोनेल मेस्सीले विश्वकप फुटबलपछि पहिलो पटक खेले, गोल पनि गरे

लियोनेल मेस्सीले विश्वकप फुटबलपछि पहिलो पटक खेले, गोल पनि गरे

लियोनेल मेस्सीले विश्वकप फुटबलपछि पहिलो पटक खेले, गोल पनि गरे

  • 3.3K
    SHARES

  • लियोनेल मेस्सीले विश्वकप फुटबलपछि पहिलो पटक खेले, गोल पनि गरे

    काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्वकप पछि पहिलो पटक खेले र पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबबाट खेल्दै फ्रान्समा भएको लिग १ खेलमा एन्जर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

    पेरिस सेन्ट जर्मेन २–० ले विजयी भयो । खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

    गत डिसेम्बरमा भएको फिफा विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । यसपछि मेस्सीले खेलबाट विश्राम लिए र केही समय आराम गरे । उनले पीएसजीको पहिलो तीन खेल खेलेका थिएनन् ।

    उनी एक साताअघि प्रशिक्षणका लागि पेरिस फर्केका थिए र त्यसपछि बुधबारको खेलमा सहभागी भएका थिए । यस क्रममा उनले ब्राजिलका दिवंगत महान फुटबल खेलाडी पेलेको तस्बिर भएको टी–सर्ट लगाएका थिए ।

    सामाजिकपत्र

    • बिहिवार, पौष २८ २०७९०४:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology