• सोमवार, श्रावण ११ गते २०८३

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

  • 2.7K
    SHARES

  • तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

    रामपुर। तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ। सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो।

    माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए।

    यसअघि पनि सोही सडकखण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदै आएको थियो। उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन्। यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन्। -रासस

     

    सामाजिकपत्र

    • बुधवार, माघ ११ २०७९१०:३६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology