• सोमवार, भाद्र १ गते २०८३

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

  • 2.3K
    SHARES

  • मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

    बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने भएका छन्।

    बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक अपरान्ह १ बजे बस्नेछ।

    नेकपा (एमाले)सहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍यार विश्वासको मत लिन लागेका हुन। नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाइएको बैठक स्थगित हुन पुगेको थियो।

    नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाइएको बैठक सारेर शुक्रवार बोलाइएको हो।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology