• आइतवार, आश्विन ४ गते २०८३

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

  • 2.7K
    SHARES

  • निजामती कर्मचारीको उमेर हद ६० वर्ष

    संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको छ । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो ।

    ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा बाहेक अन्य सेवाको निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष कायम रहेनछ ।

    ऐन अनुसार कर्मचारीको निवृत्तिभरण पाउने अवस्था र ५० वर्ष उमेर पुगेका कर्मचारीहरुले स्वेच्छिक अवकाश पाउनेछन् । ऐनमा भनिएको छ ‘ निवृत्तिभरण पाउने अवस्था भएको, उमेरको हद पचास वर्ष पुगेको र एउटै श्रेणी वा तहमा पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा निजलाई एक श्रेणी वा तह माथिको पदमा बढुवा गरी स्वेच्छिक अवकाश दिन सकिने छ ।’

    ऐनले उपदानकोका लागि पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तिभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउने उल्लेख गरेको छ ।

    बीस वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा मासिक निवृत्तिभरण आजीवन पाउने ऐनमा रहेको छ ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology