• सोमवार, श्रावण ११ गते २०८३

सकम्बरी गीतले महिलाहरुले आर्जन गरेको निष्ठा, इज्जत र सम्मानमा सदैव आंच पुग्न गएको छ

सकम्बरी गीतले महिलाहरुले आर्जन गरेको निष्ठा, इज्जत र सम्मानमा सदैव आंच पुग्न गएको छ

सकम्बरी गीतले महिलाहरुले आर्जन गरेको निष्ठा, इज्जत र सम्मानमा सदैव आंच पुग्न गएको छ

  • 17.8K
    SHARES

  • सकम्बरी गीतले महिलाहरुले आर्जन गरेको निष्ठा, इज्जत र सम्मानमा सदैव आंच पुग्न गएको छ

    सकम्बरी गीतले मनोरञ्जननत्मक क्षेत्रमा काम गर्ने महिलाहरुको व्यक्तित्व र मनोविज्ञान सबैको अगाडि र सधैको लागि खिन्न हुने वातावरण सिर्जना गरिदिएको छ । महिलाहरुको शारीरिक वनावट, आकर्षण र हँसिलो पनसँग उनीहरुको पेशा र कामलाई जोडेको छ । महिलाहरुको लवाइ र खवाइमा शंका गर्नु पर्ने धारणा प्रस्तुत गरेको छ ।

    शंका त्यतिबेला हुन्छ जतिबेला विचार र कार्यहरुमा सुनिश्चितताको कमी रहन्छ तर गीतमा भएको शंकाले महिलाहरुले काम गरेर आर्जन गरेको निष्ठा, इज्जत र सम्मानमा सदैव आँच पुग्न गएको छ । अवको दिनमा यस क्षेत्रमा काम गर्ने तथा व्यवसाय गर्ने दुबै पक्षलाई समाजमा खुलेर प्रस्तुत हुनको लागि नैतिक बाधा र व्यवधानको तगारो खडा गरेको छ । कलाकारहरुलाई कुनै पनि विषयमा शंका गर्ने अवसर भने नभएको होइन र शंकाले नै अनुसन्धानको विषय सिर्जना पनि गर्दछ तर यस गीतले आर्थिक रुपमा सक्रिय महिलाहरु र उनीहरुको अस्मिता माथि नै प्रश्न चिन्ह खडा गरेको छ । उनीहरुले लगाउने झम्कना, बुलाकी, पाउजु, सुनको चुरा, स्कुटर जस्तो व्यक्तिगत कुराहरुमा दोस्रो पक्षले शंका गर्नु र अझै सामाजीक रुपमा वहसमा उतार्नु पक्कै पनि राम्रो विषय भने होइन ।

    डान्स रेष्टुरेन्ट, दोहोरी साँझ, क्याविन रेष्टुरेन्टहरुको व्यवसाय दिनुदिन फैलिदै गईरहेको छ । यहाँ लाखौ श्रमिकहरुले रोजगारीको थलो बनाईरहेका छन र उनीहरुको लागि रोजगारीको अवसर, कला र गलाको प्रस्फुटन अनि कलाकार बन्ने चाहनालाई यस क्षेत्रले राम्रै अवसर प्रदान गरेको छ । लाखौ श्रमिकहरुको रोजीरोटीको थलो, आन्तरिक तथा वाह्य पर्यटनको विकास, देशको कला र संस्कृतिको जगेर्ना, राष्ट्रिय कलाकारहरुको उत्पादन, देशको विकास र अर्थतन्त्रमा टेवा पु¥याँउदै आएको छ । आगामी दिनमा यस व्यवशायलाई अझै रुपान्तरण र छिटफुट रुपमा भएका समस्याहरुलाई सुधार गर्न पहल गर्नु पर्नेमा सिंगो मनोरञ्जनातमक क्षेत्रमा काम गर्ने महिलाहरु प्रति लक्षित सकम्बरी गीत र भिडियो भाइरल त होला तर भोलिको दिनमा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुप्रतिको समाजको दृष्टिकोण वदल्नको लागि राज्यले ठुलै मुल्य चुकाउनु पर्ने हुन जान्छ ।

    गीतले रात्रीमा हुने काम र त्यसमा पनि महिलाहरुको रात्रीकालीन कामको वारेमा शंका गरेको छ तर कामको आधारमा महिला श्रमिकहरुको सुरक्षाको आधार कहि र कतैपनि देखाइएको छैन जुन कुरा महिलाहरु प्रति हेर्ने दृष्टिकोणमा न्याय संगत छैन । लाखौं महिला मजदुरहरुको काम, पेशा र इज्जत प्रति सिर्जना भएको शंकाले अक्सर रोजगारको जनसंख्यामा मात्र असर गर्ने नभइ उनीहरुलाई जीविकोपार्जन अनि सोहि काम र व्यवशायको लागि विदेशिन बाध्य हुन गएमा भोलिका दिनमा यसको जिम्मेवारी कसले लिने ?  मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने महिला मजदुरहरुले लगाउने महंगो घडी मोबाइलमा समेत शकाको दृष्टिले हेरिनुले महिलाहरुको आम्दानी र उपभोगको अधिकारमा समेत नियन्त्रण गरी पुरुषहरुको नै वर्चस्व कायम गर्नको लागि टेवा पुर्याउने देखिन्छ ।

    मनोरञ्जनात्मक क्षेत्र प्रति लक्षित यस गीतले महिलाहरुको रोजगारीमा फेरी एक पटक पुरुषहरुको यिन्त्रणको परिस्थिति र्सिजना भएको छ । महिलाहरुले यस क्षेत्रमा कामदारको रूपमा नियमित आम्दानी गर्ने र आफ्नो आर्थिक  सशक्तिकरणको प्रभावहरू अनुभव गरिरहेका छन् तर एउटै गीतवाट लाखौं महिलाहरुको रोजगारीमा र प्रतिष्ठामा पर्न गएको यो असरलाई व्यवस्थापन गर्न सरकारले ध्यान नदिने हो भने भालिको दिनमा आर्थिक रुपमा सक्रिय महिलाहरुको संख्या घट्न जाने निश्चित छ ।

    हाम्रो जस्तो पितृसतात्मक सोच रहेको देशमा महिलाहरुलाई अभिनय गर्नको लागि खासै अनुमति थिएन तर मनोरञ्जनात्मक क्षेत्रमा बढ्दै गएको सहभागिताले अभिनयको क्षेत्रमा समेत बृद्धि भएको नकार्न सकिदैन तर यसको उल्टो धर्मै मास्न लागेको तिनै महिलाहरुलाई आक्षेप समेत यस गीतमा रहेको छ जुन तथ्यगत छैन । यस क्षेत्रमा थुप्रै विभेदहरु रहेको छ तथापि महिला र पुरुषको समान अधिकारको लागि नभइ मनोरञ्जन क्षेत्रमा महिलाहरू पुरुषहरुलाई आकर्षित गर्नका लागि मात्र हुन् भन्ने कुरा देखाउन खोजिएको छ जुन उपयूक्त नहोला ।

    मनोरञ्जनात्मक क्षेत्रमा लागेका महिलाहरूमा धुम्रपान, मद्यपान वा लागु पदार्थको सेवन बढाउँछ भन्ने कुरा देखाउन खोजेको छ जुन कुरा पूर्ण रुपमा सत्य भने होइन । हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउनका लागि महिलाहरू लागि परिरहेका छन तर एकाध घट्नालाइ आधार मानेर महिलाहरुको श्रम अधिकार माथि नै नियन्त्रण गर्न सकम्बरी गीतले थप वल प्रदान गरेको भने निश्चित छ । 

    रबिन्द्र सापकोटा

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology