सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकुहरुलाई २ लाख रुपैंया राहत रकम दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता ज्ञानेन्द्र आरणले माओवादी अयोग्य लडाकुहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गैरकानूनी भएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालिन आदेश जारी गर्दै यो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको छ।