• आइतवार, आश्विन ४ गते २०८३

भुटानी शरणार्थी प्रकरण : बयानमा नाम लिएकालाई अदालतमा झिकाउन माग

भुटानी शरणार्थी प्रकरण : बयानमा नाम लिएकालाई अदालतमा झिकाउन माग

भुटानी शरणार्थी प्रकरण : बयानमा नाम लिएकालाई अदालतमा झिकाउन माग

  • 2.3K
    SHARES

  • भुटानी शरणार्थी प्रकरण : बयानमा नाम लिएकालाई अदालतमा झिकाउन माग

    नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरुले बयानमा नाम लिएकाहरुको पनि बयान लिनुपर्ने माग गरिएको  छ  ।

    जिल्ला अदालत काठमाडौंमा आरोपितहरु विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको बेला जाहेरीकर्ताहरुको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले यस्तो माग गरेका हुन् ।

    ‘जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने ?’ अधिवक्ता कट्टेलले प्रश्न गरे ।

    उनले प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरुले उन्मुक्ति पाउन नहुने बताए ।

    अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए ।

    त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै उनीहरुमाथि समेत बयान हुनुपर्ने माग गरे ।

    साथै उनले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खाँण, नैनकला थापा, प्रेम राई लगायतको बयान लिनैपर्ने माग गरे ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology