• आइतवार, आश्विन ४ गते २०८३

गोरखामा लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ‘टल्कने’ ढुङ्गा प्रहरीले बरामद गर्‍याे

गोरखामा लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ‘टल्कने’ ढुङ्गा प्रहरीले बरामद गर्‍याे

गोरखामा लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ‘टल्कने’ ढुङ्गा प्रहरीले बरामद गर्‍याे

  • 2.2K
    SHARES

  • गोरखामा लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ‘टल्कने’ ढुङ्गा प्रहरीले बरामद गर्‍याे

    गाेरखा – गोरखा नगरपालिका–७ सतिपिपलबाट टल्कने ढुङ्गा प्रहरीले बरामद गरेको छ । लाखौँ रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाइ भइरहेको भन्ने सूचनाका आधारमा ढुङ्गा राखिएको घरमा बिहीवार बिहान छापा मारेर बरामद गरिएको गाेरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताउनुभयो । सतिपिपलका एक व्यक्तिले घरको पूजाकोठामा राखेको ५४ केजी तौलको टल्कने ढुङ्गा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । 

    ‘ढुङ्गा पारदर्शी छ, बत्ती बाल्दा टल्किन्छ, अँध्यारोमा पनि चमकदार देखिन्छ भन्ने सूचना पाएका थियौँ’, एसपी श्रेष्ठले भन्नुभयो, ‘मोलमोलाइका लागि बाहिरबाट मान्छेहरू आउने जाने क्रम बढेपछि हामीले बरामद गरेका हौँ ।’ घरधनीले पुस्तौँदेखि आफ्नो घरमा याे ढुङ्गा रहेको बताएका छन् । 

    पछिल्लो पटक याे ढुङ्गा खरिदका लागि दुई जना व्यक्तिले मोलमोलाइ गरिरहेका थिए । प्रहरीले उनीहरूलाई पनि जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । खरिद गर्न चाहने समूहले ढुङ्गाकाे २० लाख रुपैयाँ तिर्न तयार रहेको बताएका छन् । उनीहरूका अनुसार याे ढुङ्गा क्वार्ज प्रजातिको हो र विदेशमा गरगहना बनाउनका लागि प्रयोग हुने गरेको छ । सुदुरपश्चिम खनिज प्रालिका नाममा आधिकारिक फर्म नै दर्ता गरेर यस्ता खानीजन्य पदार्थको कारोबार गर्दै आएको उनीहरूको भनाइ रहेको एसपी श्रेष्ठले बताउनुभयो ।

    बरामद गरिएको ढुङ्गा विज्ञहरूबाट नापजाँच गर्ने र पुरातात्त्विक महत्त्वको हो भन्ने पाइएमा गोरखा सङ्ग्रहालय वा अन्य उपयुक्त ठाउँमा सुरक्षित राख्नेबारे सल्लाह भइरहेको श्रेष्ठले बताउनुभयो । ढुङ्गाधनीले भने आफूहरूले पुस्तौँदेखि पूजा गर्दै आएकाले फिर्ता पाउनुपर्ने माग राखेका छन् ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ १५ २०८००९:०४:२७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology