• बिहिवार, कार्तिक २० गते २०८३

कोशीमा पनि ढल्यो एमाले सरकार

कोशीमा पनि ढल्यो एमाले सरकार

कोशीमा पनि ढल्यो एमाले सरकार

  • 2.1K
    SHARES

  • कोशीमा पनि ढल्यो एमाले सरकार

    विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।

    विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।

    कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ १५ २०८००७:५६:११
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology