• सोमवार, श्रावण ११ गते २०८३

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने

  • 2.1K
    SHARES

  • नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने

    चितवन- नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

    अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए।

    सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाैं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

    सामाजिकपत्र

    • आइतवार, आषाढ १७ २०८००७:४८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology