भन्ने गरिन्छ प्रेम अन्धो हुन्छ। प्रेमले न त जातपात मान्छ न त धनि गरिब उचनिच नै मान्छ। प्रेम त केबल दुई आत्मा बिचको पबित्र मिलन हो। प्रेममा परेका तमाम युवा युवती आफ्नो प्रेम सफल गर्नको निम्ति आफ्नो प्राणको आहुति दिन पछि पर्दैनन भन्ने कुरा जाजरकोटका युवा नबराज बिकले साबित गरि दिएका छन।
जाजरकोट भेरि नगरपालिका ४ रानागाउका नबराज बिक र रुकुम चौरजहारी स्थित सोतिकी सुष्मा मल्ल बिच लामो समयदेखि प्रेम समन्धमा रहेका कारण सो समन्धलाई बिबाहमा परिणत गर्नको निम्ति नबराज र सुष्माले सुष्माको आफन्तलाई पटक पटक आग्रह गरेपनि नबराज दलित समुदायको युवा भएकै कारण सुष्मा मल्लका परिवार र आफन्तले बिबाहको प्रस्ताब अस्विकार गर्दै आएका थिए।
परिवारको सहमतिबाट बिबाह सफल हुन नसकेपछि भागेर बिबाह गर्ने सहमति भए अनुसार नबराज बिक आफ्ना आफन्त र साथीहरू लिएर जाजरकोटबाट पश्चिम रूकुम चौरजहारी आउदा नबराज बिक र उनका साथीहरूलाई स्थानिय समुदायका कथित उपल्ला जातिका मानिस भनौदाहरूले कुटपिट गरि नबराज बिक र टिकाराम बिक लाई निर्ममता पुर्बक हत्या गरेका छन।
भने केहि युवाहरू हालसम्म भेरि नदिमा बेपत्ता भएका छन।रूकुममा घटेको यो घटनाले सिड़गो नेपाली दलित समुदायलाई नै पिडित र आक्रोसित बनाएको छ भने दलित समुदाय प्रतिको शासकिय चरित्र थप उदाड़गो बनाएको छ। कथित जाति ब्यबस्थाका कारण उत्पिडित दलित समुदायले कहिले सम्म मुत्युको सामना गरिरहनु पर्ने हो?
कथित उच्च जातिय अहंकारका कारण दलित युवा युवतिले आफ्नो प्रेमभाब प्रकट गर्दा मुत्युको बलिबेदीमा नै चढ्नु पर्ने यो कस्तो बिडम्बना? दलित समुदाय माथि हत्याको श्रीड़खला कहिले अन्त्य हुन्छ सरकार? कथित जातिय प्रेममाका कारण दलित युवाले मृत्यु बरण गर्ना परेको पहिलो घटना भने होईन। २०७३ साल असारमा काभ्रेका युवा अजित मिजारले सोहि गाउकी गैरदलित युवतीसॅग प्रेम बिबाह गरेकै कारण निज अजित मिजारलाई केटी पक्षका परिवार र आफन्तले धादिड़ जिल्लाको गजुरी नजिकै लगेर हत्या गरिएको थियो।
एकाशौ शताब्दिको यो आधुनिक युगमा हाम्रो समाज कता जादै छ? मानिस मानिस बिचको यो असमानता र बिभेद कहिले हट्ने? दलित समुदायले आम नागरिक सरह बाच्न पाउने अधिकारको सुन्श्चितता कहिले हुन्छ? यी तमाम प्रश्नको जबाफ दिने जिम्मेवार निकाय को हो? समतामुलक राष्ट्रको परिपकल्पना गर्ने मेरो सरकार यहि शासनसात्ताबाट पिल्सिएको एउटा समुदाय माथि दैनिक जसो अत्याचारले पराकाष्ठ नाग्दा पनि सत्ताको सिहासनमा ति शासक बर्गले के हेरिरहेका छन।
कथित उपल्लो जातिकी बालिका निर्मला पन्तको हत्यामा महिनौ सम्म सडकमा तान्डब देखाउनी मानबअधिकारबादीहरू आज निम्छरो दलित युवा मर्दा कुन दुलो पसेर डलरको दुनोट घोक्दै छन? यो लोकतन्त्र हो। लोकतन्त्रमा हरेक नागरिक को बाच्न पाउने अधिकार र स्वतन्त्रताको ग्यारेन्टी राज्यले गर्नु पर्दछ। तर बिडम्बनाको बिषय के हो भने यो नियम दलित समुदायको हकमा किन लागु भएन? दलित कहिले होटलको चुलो छोईएको निहुमा मर्नु परेको छ। कहिले कथित उल्लो जातिसॅगको प्रेम समन्धकै कारण मर्नु परेको छ।
कहिले धारा छोएको निहुमा मर्न परेको छ। त कहिले मन्दिर प्रबेसको कारण मर्नु फरेको ज। दलित समुदाय सुरक्षित हुने ठाउ चाहि कहा हो? दलित समुदायको अधिकारको ग्यारेन्टी गर्ने र सुरक्षितताको प्रत्यभुति गराउने यो राज्यको दायित्व भित्र पर्छ कि पर्दैन? कुन लोकबाट आएका मानिस हुन र दलित? जसका कारण यहाका सामाजिक र सास्क्रितिक सम्पति माथि आफ्नो अधिकार दाबि गर्न नपाउने।
नेपाली समाजमा पुरातन सॅस्कार संस्क्रिति र परम्पराका कारण हालसम्म दलित समुदायका थुप्रै युवा युवतीहरूले आफ्नो प्रेम समन्धकै कारण कहि सामाजिक बहिष्करणमा पारिनु परेको छ भने कतिले मुत्युलाई सहर्ष स्विकार्नु परेको छ। जातियताको नाममा पटक पटक भईरहने गरेका हिंसा न्युनिकरणको लागी जबसम्म राज्यले ठोस रूपमा दलितमैत्री कानुनको अबलम्बन गर्दैन थुप्रै दलित समुदाका नागरिकले कथित जातिबादका नाममा मुत्युको सिकार हुनु पर्ने छ।
रूकुममा भएको यो अत्यान्तै निकृष्ट हत्या प्रति खेद प्रकट गर्दै मृतक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै साथै यस घटनाको सत्यतथ्य छानबिन गरी हत्यारालाई सदैसम्मको कार्बाहीको माग गर्दछु।
