• सोमवार, श्रावण ११ गते २०८३

पोखरामा २८ सय रोपनी जग्गा दर्ता गराइदिने भन्दै करोडौँ ठगी गरेका पन्त पक्राउ

पोखरामा २८ सय रोपनी जग्गा दर्ता गराइदिने भन्दै करोडौँ ठगी गरेका पन्त पक्राउ

पोखरामा २८ सय रोपनी जग्गा दर्ता गराइदिने भन्दै करोडौँ ठगी गरेका पन्त पक्राउ

  • 2.6K
    SHARES

  • पोखरामा २८ सय रोपनी जग्गा दर्ता गराइदिने भन्दै करोडौँ ठगी गरेका पन्त पक्राउ

    काठमाडौं। छुट जग्गा दर्ता गराइदिने भन्दै झूठो काम गरेको र ठगी आरोपमा प्रफुल्ल राणा भनिने प्रमोदराज पन्त पक्राउ परेका छन्।

    दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनी यसअघि पनि पक्राउ परेका थिए।

    उनले दीपेशचन्द्र बज्राचार्यलाई दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ। पोखरामा दुई हजार आठ सय रोपनी जग्गा दर्ता गरिदिने भन्दै उनले ठगी गरेको प्रहरीको दाबी छ।

    काम नगरेपछि पैसा फिर्ता माग्दा उनले उजुरी नगर्न धम्की दिँदै आएका थिए। उच्च प्रहरी अधिकारीसँग चिनजान भएकाले उजुरी गरे पनि कसैले पक्राउ गर्न नसक्ने भन्दै उनले पीडितलाई धम्क्याउने गरेका थिए। ठगीमा उनलाई सघाउने सोजेनमान मालाकारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणालाई धम्क्याएको आरोपमा प्रहरीले आठ वर्षअघि उनलाई पक्राउ गरेको थियो। छुटेपछि पनि उनको धम्की र ठगीको धन्दा चलिरहेको प्रहरीको दाबी छ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २२ २०८००८:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology