• सोमवार, श्रावण ११ गते २०८३

अहिलेको राजनीतिक नेतृत्वबाट काम गर्न राम्रो वातावरण छ : महानिरीक्षक कुँवर

अहिलेको राजनीतिक नेतृत्वबाट काम गर्न राम्रो वातावरण छ : महानिरीक्षक कुँवर

अहिलेको राजनीतिक नेतृत्वबाट काम गर्न राम्रो वातावरण छ : महानिरीक्षक कुँवर

  • 1.8K
    SHARES

  • अहिलेको राजनीतिक नेतृत्वबाट काम गर्न राम्रो वातावरण छ : महानिरीक्षक कुँवर

    काठमाडौं-  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर देखिएको बताएका छन् ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले प्रधानमन्त्री र गृहमन्त्रीबाट हुने निर्देशकका आधारमा अहिले हरहिसावले संगठन रुपान्तरणको उपयुक्त अवसर भएको बताएका हुन् ।

    अहिले राजनीतिक नेतृत्वबाट प्रहरी सङ्गठन काम गर्न राम्रो वातावरण तयार भएको उनको भनाइ छ । उनले साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने विद्यमान नै रहेको उल्लेख गरे ।

    वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरुपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए । उनले प्रहरी समायोजनको विषय सरकारको नीति तथा कार्यक्रममा नै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बढाउने जानकारी दिए ।

    महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजता गर्नका लागि जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउन सरकारले आवश्यक निर्णय गरेको बताए । उनले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको पनि जानकारी दिए ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ २३ २०८०१०:४०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology