काठमाडौं। चार वामपन्थी दल सम्मिलित समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।
बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरू सहभागी छन्। असार ४ गते नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको घोषणा भएको थियो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरूको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।