• सोमवार, श्रावण ११ गते २०८३

संक्रामक तथा सरुवा रोग अस्पतालमा मुख्यमन्त्री पाण्डेले गरे निरीक्षण

संक्रामक तथा सरुवा रोग अस्पतालमा मुख्यमन्त्री पाण्डेले गरे निरीक्षण

संक्रामक तथा सरुवा रोग अस्पतालमा मुख्यमन्त्री पाण्डेले गरे निरीक्षण

  • 2.0K
    SHARES

  • संक्रामक तथा सरुवा रोग अस्पतालमा मुख्यमन्त्री पाण्डेले गरे निरीक्षण

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको आइतबार निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मुख्यमन्त्री पाण्डेले अहिले भइरहेकोभन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिएका छन् ।

    अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य बिरामीमा संक्रमण हुन नदिन विशेष ध्यान दिन उनले सुझाव दिए । ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने ।

    ‘अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलोका लागि र्‍याम्प निर्माण भएको भए पनि लिफ्ट नहुँदा समस्या हुने गरेको अस्पतालका डाक्टर विकास गौचनले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराए । बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी छ । र्‍याम्प भएर आउजाउ गर्ने ठाउँ पनि व्यवस्थित गर्नुपर्ने रहेछ’, डाक्टर गौचनले मुख्यमन्त्रीसँग भने ।

    मुख्यमन्त्री पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्थालगायतका बारेमा जानकारी लिएका थिए ।
     

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका डाक्टर विकास गौचनलगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलासिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

    सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आइसोलेट गरेरमात्रै अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए ।

    पोखरा महानगर– ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भवन बनिरहेको छ । निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउन निर्देशन दिएका छन् ।

     

    सामाजिकपत्र

    • आइतवार, आषाढ २४ २०८००८:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology