• सोमवार, श्रावण ११ गते २०८३

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुग्यो

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुग्यो

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुग्यो

  • 2.0K
    SHARES

  • ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुग्यो

    काठमाडौं। बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन्। आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तीन जनालाई पक्राउ गरेसँगै सो प्रकरणमा पक्राउ हुनेको संख्या १२ पुगेको छ।

    आइतबार पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुवप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। घिमिरेलाई भक्तपुर र अर्याललाई कलंकीबाट र राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

    यो प्रकरणमा यसअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, घमनकुमार कार्की, बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन गरी नौ जना पक्राउ परेका थिए।

    ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ। चारपटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चारवटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ। सीआईबीले भने ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउँदै अनुसन्धान अघि बढाएको हो। यो समाचार राजधानी दैनिकमा छ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००८:३४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology