• सोमवार, श्रावण ११ गते २०८३

प्रतिनिधिसभा बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्दै

प्रतिनिधिसभा बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्दै

प्रतिनिधिसभा बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्दै

  • 1.9K
    SHARES

  • प्रतिनिधिसभा बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्दै

    काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आजका लागि सारिएको हो ।

    हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सुचारु गर्ने विषयमा सहमतिको प्रयास भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेका लागि सारेका थिए । तर अन्तिम समयमा आएर सो बैठक स्थगित गरिएको थियो ।

    प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएका कारण आज पनि संसद बैठक सञ्चालन हुनेमा आशंका रहेको छ ।

    आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ । सो विधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।

    यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००८:३५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology