• सोमवार, श्रावण ११ गते २०८३

म अलिकति भावनात्मक छु - प्रधानमन्त्री प्रचण्ड

म अलिकति भावनात्मक छु - प्रधानमन्त्री प्रचण्ड

म अलिकति भावनात्मक छु - प्रधानमन्त्री प्रचण्ड

  • 1.9K
    SHARES

  • म अलिकति भावनात्मक छु -  प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका हैसियतमा नबोल्नुपर्ने कुरा बोलेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरी ज्ञानु अस्पतालको बेडमा अन्तिम क्षणमा रहेको समय सम्झिँदा भावनात्मक भएर बोलेको बताएका हुन् ।

    ‘म अलिकति भावनात्मक छु, यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ,’ उनले भने ।

    उनले छोरी ज्ञानु क्यान्सर रोगसँग लडिरहेका बेला प्रितम सिंहले देखाएको सदासयताप्रति धन्यवाद दिँदा अलिक बढी भावनात्मक भएको पनि बताए । ‘सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ । उहाँले भनेर कोही प्रधानमन्त्री हुने वा नहुने भन्ने होइन,’ उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले प्रितमसँग कसैलाई प्रधानमन्त्री बनाउने समार्थ्य नभएको पनि बताए । ‘उनीसँग कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य छैन । हिजो-अस्ति प्रितम आफैँले पनि भनेका छन् । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो,’ उनले भने ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००७:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology