• सोमवार, श्रावण ११ गते २०८३

प्रहरीलाई सहयोग गर्न जाँदा गोली लागेर घाइते भएका जैसीले तोडे अनशन

प्रहरीलाई सहयोग गर्न जाँदा गोली लागेर घाइते भएका जैसीले तोडे अनशन

प्रहरीलाई सहयोग गर्न जाँदा गोली लागेर घाइते भएका जैसीले तोडे अनशन

  • 2.3K
    SHARES

  • प्रहरीलाई सहयोग गर्न जाँदा गोली लागेर घाइते भएका जैसीले तोडे अनशन

    काठमाडौँ- प्रहरीलाई सहयोग गर्दा गोली लागेर घाइते भएका वीरेन्द्र जैसीले अनशन तोडेका छन्। 

    आइतबार प्रहरी अस्पतालमा पुगेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपचार एवं क्षतिपूर्तिको वाचा गरेपछि उनले अनशन तोडेका हुन्। 

    २०७३ फागुन १ मा वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्नेक्रममा वीरेन्द्रको कोखामा गोली लागेको थियो। घाइते जैसीले आफ्नो उपचारको माग गर्दै उनी काठमाडौ‌ं‌मा अनशनरत थिए।

    माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए।

    आइबारबाट उनको थप उपचार नेपाल प्रहरी अस्पतालमा हुनेछ।

    अनशन तोड्नेक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन गरेका हुन्।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००८:४०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology