• सोमवार, श्रावण ११ गते २०८३

मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जनाको शव भेटियो, एकको अवस्था अज्ञात

मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जनाको शव भेटियो, एकको अवस्था अज्ञात

मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जनाको शव भेटियो, एकको अवस्था अज्ञात

  • 2.2K
    SHARES

  • मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जनाको शव भेटियो, एकको अवस्था अज्ञात

    काठमाडौं । सोलुखुम्बुबाट काठमाडौ आउँदै गर्दा दुर्घटना भएको मनाङ एयरमा सवार ५ जनाको शव भेटिएको छ । एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

    हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । यीमध्ये ५ जना मेक्सिकोका नागरिक थिए । पाइलट भने नेपाली थिए । ६ जनामध्ये ५ जनाको शव भेटिएको भए पनि उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

    हेलिकप्टर दुर्घटना भएपछि आगो लाग्दा शव जलेका छन् । आगोले जलेका कारण शवको पहिचान गर्न कठिनाइ भएको हो । हेलिकप्टर सोलुखुम्बुको लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००२:३५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology