• आइतवार, आश्विन ४ गते २०८३

साइकल यात्रुलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष भेटवाल पक्राउ

साइकल यात्रुलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष भेटवाल पक्राउ

साइकल यात्रुलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष भेटवाल पक्राउ

  • 2.6K
    SHARES

  • साइकल यात्रुलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष भेटवाल पक्राउ

    विराटनगर- विराटनगर महानगरपालिका-४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई पक्राउ गरेको हो । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएके छ ।

    प्रहरीको अनुसार असार २० गते राति कोसी राजमार्गमा निजी गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रुलाई विराटनगर–६ बस्ने पवन साहलाई मुक्का हानेर ढलाएका थिए । त्यसपछि बेहोस भएका साहलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए ।

    भेटवाललाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए । पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए ।

    बा१५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००३:३२:५०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology