• सोमवार, श्रावण ११ गते २०८३

मनाङ एयरकाे हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामवालीसहित)

मनाङ एयरकाे हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामवालीसहित)

मनाङ एयरकाे हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामवालीसहित)

  • 2.3K
    SHARES

  • मनाङ एयरकाे हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामवालीसहित)

    काठमाडौं- सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको छ।

    आज (मंगलबार) सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । बेपत्ता हेलिकप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

    हेलिकोप्टरमा एक जना चालक र पाँच जना म्याक्सिकन नागरिक सवार थिए । उक्त हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार रहेको बताइएको छ ।

    दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको उद्धारका लागि दुर्घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले बताए ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००३:३३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology