• आइतवार, आश्विन ४ गते २०८३

आज दिनभर काठमाडौँका यी स्थानमा काटिँदैछ विद्युत्

आज दिनभर काठमाडौँका यी स्थानमा काटिँदैछ विद्युत्

आज दिनभर काठमाडौँका यी स्थानमा काटिँदैछ विद्युत्

  • 3.9K
    SHARES

  • आज दिनभर काठमाडौँका यी स्थानमा काटिँदैछ विद्युत्

    काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ।

    प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो।

    प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ।

    प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्यमा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउरालीलगायत स्थानमा विद्युत् कटौती हुने भएको छ।

    प्राधिकरणले ती स्थानमा विद्युत् काटिँदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिए।

    प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ।

    सामाजिकपत्र

    • बुधवार, भाद्र १० २०७७०४:१०:१७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology