• सोमवार, श्रावण ११ गते २०८३

ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ

ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ

ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ

  • 2.5K
    SHARES

  • ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ

    काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

    भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।

    ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००८:२७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology