• सोमवार, श्रावण ११ गते २०८३

माओवादी केन्द्रले सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

माओवादी केन्द्रले सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

माओवादी केन्द्रले सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

  • 1.9K
    SHARES

  • माओवादी केन्द्रले सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

    काठमाडों। नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनपछि बसेको पदाधिकारी बैठकले दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए।

    त्यस्तै बिहीबार देशभरका सवै कार्यालयहरुमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने निर्णय भएको उनले बताए। नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता भएको बताए।

    माओवादीका सल्लाहकार समेत रहेकी सीता दाहालको बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो।

    सामाजिकपत्र

    • बुधवार, आषाढ २७ २०८००७:३४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology